२५ प्रतिशतको विद्युत चुहावट कुलमानले १५ प्रशितमा झारे

२८ श्रावण २०७६, मंगलवार १४:२७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २८ साउन । नेपाल विद्युत प्राधिरकणले एक वर्षमै विद्युत चुहावट दर ५ प्रतिशतले कम गरेको छ । एकवर्षमा विद्युत चुहावटको मात्रा घटेको यो नै हालसम्मको उच्च उपलब्धि हो । प्राधिकरणले आर्थिक वर्ष २०७५÷०७६ मा चुहावटलाई १५.३२ प्रतिशतमा झारिएको जनाएको छ ।

आव २०७४÷७५ मा चुहावट दर २०.७८ प्रतिशत रहेकोमा यसलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य लिईएको थियो । तर लक्ष्यभन्दा धेरै ५.१३ प्रतिशत चुहावट नियन्त्रण गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।

२०७३ भदौमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा पदबहाली हुँला चुहावट दर २५.७८ प्रतिशत थियो । प्राधिकरणले वितरण केन्द्रका प्रमुखसँग कार्यसम्पदान मूल्यांकन गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न थालेपछि सकारात्मक प्रभाव परेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक