लामो दूरीका सवारीले २ चालक राख्नुपर्ने व्यवस्थामा कडाई

२८ श्रावण २०७६, मंगलवार १०:५४ मा प्रकाशित

काठमाडौँ, २८ साउन । लामो दूरीमा चल्ने सवारीसाधनमा २ जना चालक हुनुपर्ने व्यवस्थामा कडाई गर्न लागिएको छ । लामो दुरीका सवारी साधानको दुर्घटनादर बढ्न थालेपछि यातायात व्यवस्था विभागले २ चालक हुनुपर्ने प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्ने भएको हो ।

विभागले आज मंगलबार एउटा सूचना गरि प्रस्थानविन्दुबाट २५० किलोमिटर वा सोभन्दा लामो दूरीमा चल्ने सवारीसाधनले अनिवार्य २ जना चालक राख्नुपर्ने जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ अनुसार लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनले कम्तीमा २ जना चालक राख्नुपर्ने व्यवस्था गरेको छ । प्रत्येक छरछ घण्टामा आलोपाले सवारी हाँक्ने प्रावधानसहितको उक्त व्यवस्थालाई विभागले कडाईँ गर्न लागेको हो ।

एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटना बढेको विभागको भनाइ छ ।

विभागले मध्यम दूरीमा चल्ने सवारी साधनले पनि प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने भएको छ । यातायात व्यवस्था ऐनमा मध्यम दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको