त्रिशुलीमा बस खस्दा हराएका यात्रु अझै फेला परेनन्

२८ श्रावण २०७६, मंगलवार १०:०७ मा प्रकाशित

धादिङ, २८ साउन । त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका यात्रुको खोजीमा ५ जिल्लाका सुरक्षाकर्मी परिचालन भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुलीमा खसेको बस खोज्न जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लाको पनि सहयोग माग गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि ती सबै जिल्लाका प्रहरी खोजीका लागि नदी किनारामा जुटेका छन् ।

गत शुक्रबार सर्लाहीको मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको शव फेला परेको छ । उक्त बसमा सवार १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको