ग्राउन्ड ह्यान्डलिङ सेवाशुल्क र इन्धनको मूल्यबारे प्रतिवेदन पेश गर्न मन्त्री भट्टराईको निर्देशन

२८ श्रावण २०७६, मंगलवार ०९:३३ मा प्रकाशित

काठमाडौँ, २८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सेवा प्रवाहका सम्बन्धमा चासो देखाएका छन् । मन्त्री भट्टराईले नेभिगेशन सेवाशुल्क र हवाई इन्धनको मूल्यप्रति चासो देखाएका हुन् । सोमवार विमानस्थल निरीक्षण गर्दै ग्राउन्ड ह्यान्डलिङ सेवाशुल्क र इन्धनको मूल्यबारे १ साताभित्र प्रतिवेदन पेश गर्न नागरिक उड्डयन प्राधिकरण र विमानस्थललाई निर्देशन दिए ।

रातको १२ बजेपछि उडान भर्ने र अवतरण गर्ने विमनलाई ग्राउन्ड ह्यान्डलिङ सेवाशुल्कमा दिन सकिने छुट र यसो गर्दा बढ्न सक्ने उडानका सम्बन्धमा चुस्त प्रतिवेदन तयार पार्न मन्त्री भट्टराईले निर्देशन दिए ।

विमानस्थलममा हवाई इन्धनको शुल्क महँगो भएको गुनासो बढेको भन्दै मन्त्री भट्टराईले विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई इन्धन सस्तो कसरी बनाउन सक्न्छि भन्ने विषयमा आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको