प्रहरीले महिला र पुरुषलाई नाङ्गै घुमाएपछि…

२४ श्रावण २०६९, बुधबार १७:२५ मा प्रकाशित

सिन्ध, २४ साउन । पाकिस्तानको सिन्ध राज्यस्थित गम्बट सहरमा एकजना महिला र पुरुषलाई प्रहरीले निर्वस्त्र सडकमा घुमाएको सन्दर्भ चर्कंदै गएको छ । यो समाचार अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा आएपछि जिम्मेवार प्रशासनिक पदाधिकारी र सम्बन्धित प्रहरी चौकीका प्रमुखका साथै घटनासँग सम्बन्धित दुईजना असईलाई निलम्बित गरिएको छ ।
त्यस क्षेत्रका प्रहरी प्रमुख इरफान बलुचले उक्त मामिलाबारे गम्भीर छानबिन भइरहेको बताएका छन् । उनले भने, ‘थप प्रमाण प्राप्त हुनसके ती सबै निलम्बित अधिकारीविरुद्ध मुद्दा चलाइनेछ । अझ, प्रहरी आपैँmले त्यसरी महिला र पुरुषलाई नांगो पारेर सहरमा घुमाएकै हो भन्ने प्रमाणित भए निकै कठोर कारबाही चलाउन सकिने सम्भावना छ ।’
त्यस क्षेत्रका प्रहरी प्रमुखको दाबी के छ भने जुन ठाउँमा प्रहरीले छापा मारेको थियो त्यो ठाउँ ‘अश्लीलताको अखडा’ थियो र स्थानीय मानिसले त्यसविरुद्ध प्रहरीमा गुनासोसहित उजुरी गरेका थिए । बिबिसीको एक समाचारअनुसार प्रहरीको मुचुल्कामा घटनास्थलमा कोही पनि थिएन, त्यसकारण प्रहरी आफैं आवेदक र आफैं साक्षी बन्नुपरेको हो । तर, घटनाका पीडित पुरुष मुमताज मिर महरको आरोप के छ भने प्रहरीले उनलाई केवल ‘मासिक असुली रकम नटक्रयाएको हुनाले मात्रै यो सबै कारबाही गरेको हो । तर, प्रहरीले उनको आरोप अस्वीकार गरेको छ । (एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा