नेपालका मुस्लिम धर्मावलम्बीहरुले बकर इद अर्थात् ‘इदुल जोहा’ मनाए

२८ श्रावण २०७६, मंगलवार ०६:०२ मा प्रकाशित

काठमाडौँ, २७ साउन । बकर इदका अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी शुद्ध भएर मस्जिद तथा इदगाहमा नमाज पाठ गरेका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ । आज बिहानै नमाज पढिसकेपछि मुस्लिमहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।

यसै अवसरमा आज बिहानै दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको थियो । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी कुर्वान (बलि) दिने तयारी भइरहेको बताउनुभयो । खसी, राँगो, भेडालगायत जनावरलाई बलि दिने मुस्लिम परम्परा छ ।“बलि दिएको जनावरको मासुलाई तीन भाग लगाई एक भाग गरीब एवं दीनदुःखीलाई बाँड्ने दोस्रो भाग पाहुनालाई दिने र तेस्रो एक भाग परिवारले भोजन गर्ने परम्परा छ”, उहाँले भन्नुभयो ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वानी दे भन्ने अल्लाहको आदेश भएपछि उनले आफ्नै छोरालाई कुर्वानी दिन तयार भएपछि अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभएको कथा मुस्लिम समुदायमा प्रचलित छ । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि दिइसक्नुुपर्ने धार्मिक मान्यता छ । यो पर्वलाई इदुल जोहाका नामले समेत चिनिन्छ । यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका

गुल्मी ।पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीनजनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१