क्यानाडाको म्यानिटोबामा आश्चर्यजनक संयोग, हरेक वर्ष झण्डै ७० हजार सर्पको भेला

२८ श्रावण २०७६, मंगलवार ०४:५७ मा प्रकाशित

प्रकृतिको लिला अनौठो छ । यस्तै एउटा आश्चर्यजनक संयोग हेर्न क्यानाडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन् ।

हजारौं सर्पहरु एकठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । यसरी बर्सेनि ७० हजार सर्पहरु उक्त ठाउँमा जम्मा हुनुको खास कारण छ ।

वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु सो ठाउँमा जम्मा हुने गरेका हुन् ।

त्यहाँ विभिन्न प्रजातिका सर्पहरु रहेका छन् । सर्पको मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुन्छ । फेब्रुअरी महिनामा त्यसरी हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका हुन्छन् । क्यानाडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ ।

नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् । ७० हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्सेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एक चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै यौन सम्बन्ध बनाएको खुलासा भएको छ । एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे

चीनकी एकजना महिला ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् । ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन्

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

आजको प्रमुख समाचार