आइएमई प्रायोजित नेपाल लिटरेचर फेस्टिभल मंसिर २७ देखि पोखरामा

२८ श्रावण २०७६, मंगलवार ०४:५२ मा प्रकाशित

काठमाडौं । आइएमई प्रायोजित नेपाल लिटरचेर फेस्टिभल (साहित्य महोत्सव) को आठौँ संस्करण आउँदो मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।

आयोजक बुकवर्म फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी फेस्‍टिभलबारे जानकारी गराएको हो । फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी छलफलका सत्र रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् साहित्यकार डा. शशी थरुर, भारतीय गीतकार एवम् कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीहरूका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार सहभागी हुने फाउन्डेसनले जनाएको छ ।

यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै उत्कृष्ट मानिने डीएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशीबराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।

‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पुर्‍याउनेछ’ फेस्टिभलका निर्देशक अजित बरालले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी