भुवन केसीले छोरा अनमोलसँग एन्टी हिरो फिल्ममा स्क्रिन साझेदारी गर्दै, बाबु भिलेन, छोरा हिरो

२८ श्रावण २०७६, मंगलवार ०४:४९ मा प्रकाशित

काठमान्डौ । अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माण भुवन केसीले गर्नेछन् ।

यस फिल्ममा अभिनेता अनमोल सकारात्मक अर्थात् हिरोको भूमिकामा देखिनेछन् । भुवन भने नकारात्मक (भिलेन) भूमिकामा प्रस्तुत हुनेछन् । यसका लागि केही महिनादेखि भुवनले दाह्री बढाइरहेका छन् । एफडी कम्पनीले वितरण गर्ने फिल्मका लागि अहिले निर्देशकको खोजी भइरहेको छ । निर्देशकमा प्रदीप भट्टराईको नाम चर्चामा छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ को ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा भुवन र अनमोलले एकसाथ स्क्रिन साझेदारी गरेका थिए । तर, फिल्ममा भुवनको अभिनय थिएन । अब पहिलो पटक छोरा र पिता ‘एन्टी हिरो’ मा हिरो र भिलेनको भूमिकामा प्रस्तुत हुँदैछन् । दुईलाई पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।

एक्सन-लभस्टोरी बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरिने भुवनले बताएका छन् । फिल्ममा अनमोल एक्सन अवतारमा प्रस्तुत हुनेछन् । साथै, चकलेटी भूमिकामा पनि उनी देखिनेछन् । आउँदो नयाँ वर्षको छेकोमा फिल्म प्रदर्शन हुने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज

काठमाडौं । ।गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम

अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्ना लामो समयदेखिका प्रेमी साम अस्घरीसँग इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय निजी कारणले चर्चामा रहेकी