सार्वजनिक यातायात ठप्प पारिने

२४ श्रावण २०६९, बुधबार १७:१७ मा प्रकाशित

काठमाडौं, २४ साउन । यातयात व्यवसायीहरुले आगामी साउन २६ गतेबाट सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प पार्नेसहितका आन्दोलनको घोषणा गरेका छन् ।
घोषित आन्दोलनका कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई माग पूरा गर्न संयुक्त ज्ञापन पत्र बुझाउने र ज्ञापन पत्रअनुसार मागहरु सम्बोधन नभए २६ गते शुक्रबारबाट सवारी साधान ग्यारेजमा थन्काएर व्यवसायी र मजदुरहरु माग पूरा गराउन सडक आन्दोलनमा उत्रने भएका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातयात मजदूर संघ, नेपाल यातयात मजदूर संघ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
चार यातायात व्यवसायीहरु र नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघको समेत समर्थन रहेको यातायात ब्यवसायीहरुले छुट्टै यातयात मन्त्रालय गठन गर्नुपर्ने, यातयात क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने, यातयात मन्त्रालयबाट ट«फिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार खारेज गरिनुपर्ने, ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिशन रकमसम्बन्धि निर्णय खारेज गर्नुपर्ने, यातयात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गरी लागू गराउनु पर्ने र विमा नीति नीतिगत रुपमा व्यवहारमा लागू गराउनु पर्ने माग अगाडि सारेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातयात व्यवसायी राष्ट्यि महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले सडकलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्ने माग गरे । उनले भने, ‘पञ्चायतकाल भन्दा पनि बढी अहिलेको सरकारले यातायता व्यवसायीहरुलाई दुःख दिएको छ ।’
संघर्ष समितिका संयोजक विजयबहादुर स्वाँरले सरकार यातायात व्यवसायीहरुको मागप्रति उदासिन बनेको भन्दै यातयात बन्दबाट हुने क्षतीको पुर्ति सरकारले नै ब्यहोर्नु पर्ने चेतावनी दिए ।
अखिल नेपाल यातयात मजदूरु संघका अध्यक्ष जगत सिंखडाले सरकारले यातयात व्यवसायीहरुको पीडामा नुनचुक छर्कने काम गरेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा नेपाल यातयात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष राजीव घिमिरेले यातयात व्यवसायीहरु र मजदूरहरुको आन्दोलनले माग सम्बोधन गराएरै छाड्न दावी गरे । नेपाल यातयात मजदूर संघका सचिव सुमन लामाले सरकारले यातायात व्यवसायीहरुको रोजीरोटी खासिने नियम ल्याएर व्यवसायी र मजदूरहरुको चिल्लीबिल्ली पार्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा