‘हामी पनि आन्दोलनमा’

२४ श्रावण २०६९, बुधबार १६:०८ मा प्रकाशित

दाङ, २४ साउन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वन नगरेकाले आफुहरु पनि आन्दोलनमा उत्रिएको बताएका छन् ।

उनीहरुले सरकारले विगतमा भएको सहमतिहरु पुरा नगरेको भन्दै साउन–२६ गतेदेखि संघर्ष गर्ने बताएका छन् । उनीहरुले सार्वजनीक गरेका संघर्षका कार्यक्रम अनुसार साउन–२६ र २७ गते देशभर चक्काजाम गरिने छ ।
महासंघले आज दाङको तुलसीपुरमा पत्रकार सम्मेलन गरेर विगतका सहमति कार्यान्वयनमा जोड दिएको हो । दुई दिनको चक्काजामका क्रममा माग पुरा नभए पुनः साउन–२७ गते आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने महासंघका केन्द्रीय सचिव शुरेस हमालले जानकारी दिए ।
व्यवसायीले यातायात क्षेत्रलाई व्यवस्थतित गर्न छुट्टै यातायात मन्त्रालय गठन गर्नु पर्ने, ट्राफिक प्रहरीले लिने गरेको जरिवाना घटाउनु पर्ने, विगतका सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखेका छन् ।
दुई दिने चक्काजामका क्रममा स्कुल बस, एम्वुलेन्स, प्रेस, कुटनीतिक नियोग र मोटरसाईकल सञ्चालनमा रोक नलगाईने सचिव हमालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको