तीन वटा प्रदेशमा काङ्ग्रेसको प्रशिक्षण

२७ श्रावण २०७६, सोमबार १४:२२ मा प्रकाशित

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसले ३ वटा प्रदेशमा आफ्ना महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण दिने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ देखि भदौ ६ सम्म गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।

गण्डकी अञ्चलका लागि साउन ३१ र ३२ गते पोखरामा, प्रदेश ५ का लागि भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा र कर्णालीका लागि भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगर प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । प्रतिष्ठानका सचिव मुक्ति आचार्यका अनुसार पार्टीको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव, दृष्टिकोण, वर्तमान सरकारको मूल्यांकन जस्ता विषयमा प्रशिक्षण हुने जानकारी दिए ।

प्रशिक्षणको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र रामचन्द्र पौडेललगायत नेताहरु पनि सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी