एयरपोर्टमा प्रधानमन्त्रीले सलामी अस्वीकार गरे

२७ श्रावण २०७६, सोमबार १४:१४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । मध्यान्ह १२ः२० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । स्वास्थ्य उपचार गराएका फर्किएका प्रधानमन्त्रीले आफ्नो भ्रमण अनौपचारिक भन्दै विमानस्थलमा सेनाको सलामी लिन मानेनन् ।

विमानस्थल पुगेका पत्रकारलाई पनि प्रधानमन्त्रीले रित्तै फकाईदिएका छन् । उनले पत्रकार सम्मेलन नगरेपछि पत्रकारहरु रित्तै फर्किएका हुन् । पत्रकारहरुले स्वास्थ्य अवस्थाबारे जानकारी दिन आग्रह गर्दा ओलीले ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ’ भन्ने ठाडो उत्तर दिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपा नेता सुवास नेम्वाङ, बामदेव गौतम विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे