पुनस्र्थापनाका पक्षधरहरु राष्ट्रपति गुहार्ने तयारीमा

२४ श्रावण २०६९, बुधबार १३:०० मा प्रकाशित

काठमाडौं, २४ साउन । दलका नेताहरुबाट ठोस कदम चालिने आशा मरेपछि संविधानसभा पुनस्र्थापनाको अभियान चलाउंदै आएका पूर्वसभासद्हरूले राष्ट्रपति गुहार्ने भएका छन् । दलहरुले पार्टीको एजेण्डा नै बनाएर पुनस्र्थापनाको प्रस्ताव अघि बढाउलानु भन्ने आशामा बसेका उनीहरु एकाएक राष्ट्रपतिकमे ढोका ढक्ढक्याउन जाने निर्णयमा पुगेका हुन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सबै दलका विघटित संविधानसभा सदस्यहरूको बैठकले राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरी संविधानसभा पुनर्स्थापनाका लागि दलहरूलाई दबाब दिन अनुरोध गर्ने निर्णय गरेको पुनर्स्थापना अभियानका एक अगुवा नेपाली कांग्रेसका शोभाकर पराजुलीले जनाए । राष्ट्रपतिसँग भेटघाटको समय मिल्नेबित्तिकै भेटेर आफ्ना कुरा राख्ने बताउंदै उनले अध्यादेशबाट शासन सञ्चालन गर्नुको सट्टा संविधानसभा पुनर्स्थापना नै उत्तम विकल्प भएको र त्यसले नै सबै समस्याको समाधान खोज्न सक्ने दाबी उनले गरे ।
पुनस्र्थापना अभियानको धारणा प्रष्ट पार्दै उनले भने, ुसबै दलको नेतृत्व संविधानका विवादित मुद्दाहरूमा अविलम्ब सहमतिमा पुग्नुपर्छ, छोटो समयका लागि पुनर्स्थापना गरेर संविधान जारी गर्नुपर्छ।ु

यसैगरी, बैद्य नेतृत्वको नवगठित नेकपा(माओवादीका रामबहादुर थापाले पनि छोटो समयका लागि संविधानसभा पुनर्स्थापना गर्नुपर्ने बताए। ुदलका शीर्ष नेताले संविधानका विषयभन्दा पनि कुर्सीलाई प्राथमिकता दिएकाले संविधानसभा विघटनको साढे दुई महिना हुनलाग्दा पनि कुनै निष्कर्ष निस्केको छैनु, थापाले भने। अन्तरिम संविधान मरेको भए नयाँ अन्तरिम संविधान बनाएर अघि बढ्नुपर्‍यो, जीवित भए संशोधन गरी अघि बढ्नुपर्‍योु, थापाले भने, ुसंविधान निर्माणका ९० प्रतिशत काम सकिएकोले सरल बाटोबाट संविधान बनाउन पुनर्स्थापना उत्तम विकल्प भएको राष्ट्रपतिलाई जानकारी गराउँछौं।ुअहिलेको संवैधानिक जटिलता कसरी हल गर्ने भन्नेबारे दलहरूमा प्रष्ट दृष्टिकोण नभएको बताउँदै सबै दलका पूर्व सभासद्ले आआफ्नो दलहरूभित्र दबाब दिने निर्णय पनि गरेका छन्।
पुनस्र्थापन अभियानमा पूमुख रुपमा कांग्रेसका पराजुली, कमला पन्त, मोहनप्रसाद पाण्डे, एमालेका लालबाबु पण्डित आदिले सक्रियता देखाउंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको