भारतीय नाकाबन्दीका ‘डिजाईनर’ विदेशमन्त्री जयशंकर नेपाल आउँदै

२६ श्रावण २०७६, आईतवार १०:४० मा प्रकाशित

काठमाडौँ, २६ साउन । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी भदौ ४ गते विहान नेपाल आइपुग्ने भएका हुन् ।

जयशंकरले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने छन् । भदौ ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । उनी भदौ ५ गते विहानै भारत फर्किने कार्यक्रम छ ।

नेपालमा संविधान निर्माणको बेला दुतको रुपमा नेपाल आएर एस जयशंकरले शीर्षस्थ नेतालाई भेटेर संविधान निर्माणमा ढिलाई गर्न आग्रह गरेका थिए । उनको सुझाव मान्दै दुई दिनका लागि संविधान घोषणाको काम स्थगित गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि बोलाईएको थियो । तर दुई दिनमा एकपटक पनि वार्ता भएन ।

त्यसपछि फर्केका जयशंकर भारत पुग्नासाथ नेपालमाथि नाकाबन्दी लगाएका थिए । उनलाई नकाबन्दकिो डिजाइनर मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी