कङ्ग्रेस अध्यक्ष गान्धीको राजीनामा स्वीकृत

२६ श्रावण २०७६, आईतवार ०९:५५ मा प्रकाशित

दिल्ली, २६ साउन । भारतीय कङ्ग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेको छ । उनको राजनीमा स्वीकृतपछि गान्धीकी आमा सोनिया गान्धीलाई कङ्ग्रेसले अन्तरिम अध्यक्ष चुनेको छ । लोकसभा चुनाव २०१९ मा कङ्ग्रेले नराम्रो पराजय ब्यहोरेपछि राहुलले नैतिकताको आधारमा अध्यक्षबाट राजीनामा दिएका थिए । 

शनिबार बसेको कङ्ग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै फेरि सोनियालाई नै अन्तरिम अध्यक्ष चुनेको हो । सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्ने भएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव

स्पेन । स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय

काबुल । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् । तालिवानले सत्ता कब्जा गरेपछि हालै

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि