इङ्लिस प्रिमियर लिगः लिभरपुलद्धारा नर्विच सिटी पराजित

२५ श्रावण २०७६, शनिबार १३:४५ मा प्रकाशित

इङ्ल्याण्ड, २५ साउन । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नर्विच सिटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले विजयी सुरुवात गरेको हो । सिजनको पहिलो गोल नर्विचका कप्तान ग्रेन्ट हेन्लेको आत्मघाती गोल बन्यो । खेलको ७औं मिनेटमा उनले आत्मघाती गोल गर्न पुगे ।

१९औं मिनेटमा मोहम्मद सलाहले रोर्बटो फर्मिनोको पासमा पोस्ट नजिकबाटै सहज गोल गरे । २८‍औं मिनेटमा सलाहको कर्नरमा भिर्जिल भान डिजेकले लिभरपुलका लागि तेस्रो गोल गरे । ४२ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नाडले मध्यभागबाट दिएको पासमा ओर्गीले डीबक्स नजिकैबाट हेडिङ गर्दै चौथो गोल गरे ।

दोस्रो हाफको ६४औं मिनेटमा टिमु पुक्किले नर्बिचका लागि एक गोल फर्काए । दोस्रो हाफमा भने लिभरपुलले कुनै गोल थप्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।