करणी मुद्दामा फरार अभियुक्त पक्राउ

२५ श्रावण २०७६, शनिबार १२:११ मा प्रकाशित

प्रनिश थापा, चितवन, २५ साउन । चितवन प्रहरीले जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । गत, साउन १५ गते राती १० बजेको समयमा भरतपुर महानगरपालिका २५ घर भएकी एक महिलालाई जवरजस्ती करणी गरेको कसुरमा प्रहरीले खैरहनी नगरपालिका ९ बस्ने सन्देश चौधरीलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई बिहीबार देखी नै लागू हुने गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ अन्तर्गत जवरजस्ती करणी कसुरमा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थपी अनुसन्धानको काम भईरहेको चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले जानकारी दिए ।

यस्तै, सोही आरोपमा फरार रहेका अर्का एक जनालाई समेत चितवन प्रहरीले फरार सुचीमा राखी खोजी गरिरहेको छ । राप्ती नगरपालिका ४ भण्डारा बस्ने रक्तिम किरण गोले फरार रहेकोे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको