गा.पा. अध्यक्ष भन्छन्, ‘वडाध्यक्षले ज्यान मार्न खोजे’, वडाध्यक्ष भन्छन्, ‘चरित्र हत्या गरियो’

२५ श्रावण २०७६, शनिबार ०९:२१ मा प्रकाशित

निरोज कुमार थापा, रामेछाप, २५ साउन । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द खड्काले वडाध्यक्ष सुभास बोहोराले आफ्नो ज्यान मार्न मान्छे खटाएको आरोप लगाएपछि वडाध्यक्षले आपत्ति जनाएका छन् । गाउँपालिका अध्यक्ष खड्काले आफ्नो चरित्रहत्या गरेको वडा नम्बर ७ का वडाअध्यक्ष शुभास बोहराले बताएका छन् ।

आफूले गरेका गलत हर्कत लुकाउन आफ्नो चरित्रहत्याको प्रयास भएको वडाध्यक्ष बोहोराको प्रतिक्रिया छ । बोहोराले एक विज्ञप्ति जारी गर्दै ‘वडा अध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना’ शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

गाउँपालिका भित्रको वडा नम्बर १ दुरागाउँको विद्युतिकरणमा विनियोजित बजेटको सम्बन्धमा कार्यपालिका सदस्यहरुले कुरा उठाएपछि गाउँपालिका अध्यक्षले केही समयअघि वडाध्यक्ष बोहोरासहित कर्मचारीमाथि कुर्सी प्रहार गरेका थिए ।

शुक्रबार राजधानीबाट प्रहरीले गोली हानी पक्राउ गरेका व्यक्ति उक्त गाउँपालिकाका अध्यक्षसँग टेलिफोनमार्फत २ करोड चन्दा माग गर्ने व्यक्ति भएको खुल्नासाथ अध्यक्ष खड्काले ती व्यक्ति वडाध्यक्ष बोहोराले परिचलान गरेको आरोप लगाएका थिए । तर वडाध्यक्ष बोहोराले भने कल्पना समेत गर्न नसकिने निकृष्ट र घिनलाग्दो आरोप लगाएको भन्दै पुष्टि गनै चुनौती समेत दिए ।

खड्का र बोहोरा दुवैजना तत्कालिन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्ष बोहोराले पार्टीसँग पनि उक्त आरोपको छानबिन गर्न माग गरेका छन् । उनी आवद्ध नेकपा अहिले सत्ताको नेतृत्वमा छ ।

नेकपा रामेछापका नेताहरुले पनि बोहराले यस्तो हर्कत गर्न नसक्ने भन्दै गाउँपालिका अध्यक्षले विवादीत बनाएको बताएको छ । बोहरामाथि गाउँपालिका अध्यक्षले कल्पित र झुठा आरोप लगाएको नेकपा रामेछापको ठहर छ ।

वडाध्यक्ष बोहोराले जारी गरेको विज्ञप्तिः

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार