७० हजार पुगेर रोकियो सुनको भाउ

२४ श्रावण २०७६, शुक्रबार १०:५९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ साउन । निरन्तर उकालो लागेको सुनको भाउ तोलाको ७० हजार पुगेर रोकिएको छ । हप्ताभरी बढेको सुनको भाउ साताको अन्तिम दिन शुक्रबार भने स्थिर छ । छापावाला सुन तोलाको ७० हजारमा कारोबार भईरहेको छ । यो बिहिबारकै मूल्य हो । तेजावी सुन पनि बिहिबारकै मूल्य अर्थात् प्रतितोला ६९ हजार ७ सयमा किनबेच भईरहेको छ । चाँदी पनि तोलाको ८२५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १५, १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ७८० र प्रत १० ग्राम चाँदीको मूल्य ७०७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

छापावाला सुनको भाउ यो हप्ता ४ हजारले बढेको छ । महासंघले सुनको भाउ अझै बढ्न सक्ने जनाएको छ । बिहिबार र शुक्रबार कारोबार भएको सुनको भाउ इतिहासकै महङ्गो हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको छ । आज नेप्से सूचक १०४.८८ अंकले बढेर

काठमाडौं ।पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट