ग्लोबल टी–२० क्यानडाबाट सन्दीपको टिम बाहिरियो

२४ श्रावण २०७६, शुक्रबार ०९:१३ मा प्रकाशित

क्यानेडा, २४ साउन । ग्लोबल टी–२० क्यानडामा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोरन्टो नेसनल्सलाई अर्का नेपाली बलर सोमपाल कामी आबद्ध विनिङपेग हग्सले पराजित गरेको छ । बिहीबार राति भएको इलिमिनेटरको खेलमा टोरन्टोमाथि विनिङपेगले डिएल मेथडमा २ रनको झिनो अन्तरले पराजित गरेको हो ।

खेलमा सन्दीपले विनिङपेगका २ विकेट लिएका थिए । सोमपाल कामीलाई भने विनिङपेगले आफ्नो पहिलो रोजाइको टिममा राखेन ।

खेलमा पहिले ब्याटिङ गरेको टोरन्टोले ५ विकेटको क्षतिमा २३८ रन जोडेको थियो । टोरन्‍टोका लागि हेनरिक क्लासेनले नटआउट १०६ रन जोडेका थिए। उनले ४९ बलमा ११ चौका र ५ चौका प्रहार गरे । यस्तै रोद्रिगो थोमसले पनि ७३ रनको योगदान दिए ।

२३९ रनको विशाल लक्ष्य पछ्याएको विनिङपेगले १७.१ ओभरमा ५ विकेटको क्षतिमा २०१ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यतिबेला विनिङपेगका जेपी डुमिनीले ८५ रन जोडेर खेलिरहेका थिए । उनले ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान रायद इमरित पनि १५ बलमा ३३ रन बनाएर खेलिरहेका थिए ।

त्यसपछि खेल हुन नसक्दा विनिङपेग २ रनले विजयी भयो । हारसँगै टोरन्टो बाहिरिएको छ भने विनिङपेग दोस्रो क्वालिफायरमा पुगेको छ ।

सन्दीपले जारी प्रतियोगितामा लगातार चार खेलमा ५ विकेट लिएका छन् । चार खेल खेलेसँगै सन्दीपको यो सिजनको क्यानडा यात्रा पनि सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।