राष्ट्रपति नै अग्रसर हुनुपर्ने बिजुक्छेको जिकीर

२४ श्रावण २०६९, बुधबार १२:२७ मा प्रकाशित

भक्तपुर, २४ साउन । लगातार राष्ट्रपति शासनको पक्षमा वकालत गर्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुनः आफ्नो सो अभिव्यक्ति दोहोर्याएका छन् । रफत सञ्चार क्लब भक्तपुरले वुधवार यहां आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘राष्ट्रपति शासनले मात्र वर्तमान राजनैतिक गतिरोध अन्त्य गर्न सक्छ ।’ राजनैतिक निकासका लागि चाँडोभन्दा चाँडो ठोस कदम चाल्न पनि उनले राष्ट्रपतिलाई सुझाव दिए ।
सो अवसरमा विजुक्छेले देश झन झन अस्थिर अवस्थामा गएको उल्लेख गर्दै यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न हुन्न भन्दै अगाडि भने, ‘राजा महाराजाहरुले जसरी देश जलिरहेको अवस्थमा वास्ता नगरेर बांसुरी बजाए त्यस्तै राष्ट्रपतिले पनि बाँसुरी बजाए देशका लागि घातक हुन्छ ।’ राष्टपतीले कदम चाल्न ढिलो भइसकेको उनको कथन थियो ।
दलहरुसंगको भेटमा राष्ट्रपतिले समाधान ननिस्किए आफू सक्रिय हुने संकेत दिएको खुलासा गर्दै विजुक्छेले पछिल्लो समयमा देश जनताको समस्या समाधान हुनुको साटो अस्थितरता बढ्दै गएकाले संविधानसभा संसद् नरहेको अवस्थामा राष्ट्रपतिले कदम चाल्नु नै एकमात्र विकल्प हो भनी देहोर्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री