काश्मीरको अधिकार खोस्ने भारतविरुद्ध लड्ने पाकिस्तानको घोषणा

२२ श्रावण २०७६, बुधबार १५:५२ मा प्रकाशित

एजेन्सी, २२ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू–कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा पुर्याएर प्रतिवाद गर्ने चेतावनी दिएका छन् । खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्।

भारतले विशेष हैसियत रद्ध गरेसँगै उक्त क्षेत्र पूर्ण बन्दको अवस्थामा छ। हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन्। भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समय देखि पृथकतावादी आन्दोलन चलिरहेको छ जसका कारण तीन दशकमा हजारौँले ज्यान गुमाइसकेका छन्। भारतले त्यस्ता आन्दोलनकारीहरूलाई पाकिस्तानले सहयोग गर्दै आएको आरोप लगाउँदै आएको छ। पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आत्मनिर्णय चाहने कश्मीरीहरूलाई नैतिक र कूटनीतिक सहयोग मात्रै दिएको बताएको छ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतको निर्णयबारे आफूले ुविश्वलाई बताउन चाहेकोु टिप्पणी गरेका छन्। ूहामी यस विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मार्फत अध्ययन गर्दैछौँ। यस विषयलाई हामी राष्ट्रसङ्घको महासभामा पनि कुरा उठाउने छौँ।ू ूहामी सबै मञ्चबाट सरकार प्रमुखहरूसँग कुरा गर्नेछौँ। हामी उक्त विषयलाई सञ्चार माध्यममा पनि उठाउने छौँ र विश्वलाई बताउने छौँ।ू

विशेष अधिकार खोसिएसँगै मुस्लिम समुदायको बाहुल्यता रहेको कश्मीरमा भारतलाई जनसङ्ख्याको अनुपात परिवर्तन गर्न सहज लागेको खानले बताएका छन्। ूमलाई डर छ कि अब कश्मीरमा भारतले जातीय हिंसा शुरू गर्नेछ,ू उनले भने। ूउनीहरूले स्थानीयहरूलाई अन्यत्र सार्ने प्रयास गर्नेछन् र अन्य मानिसलाई ल्याएर बाहुल्यता बढाउने छन् जसकारण स्थानीयहरू दास बन्न बाध्य हुनेछन्,ू उनले थपे। यस अघि पाकिस्तानका सेना प्रमुखले आफ्नो फौज कश्मीरीहरूको ुसङ्घर्षुमा उनीहरूको साथमा रहेको बता एका थिए। अर्को छिमेकी चीनले पनि भारतीय कदमको विरोध गरेको छ। चीनले यसलाई ुअस्वीकार्य कदमुको संज्ञा दिएको छ।

भारतीय सरकारसँग सन्तुष्ट नरहेका कश्मीरका जनताले उक्त निर्णयविरूद्ध आन्दोलन गर्नसक्ने सम्भावनाका बीच उक्त क्षेत्रमा हाल कर्फ्यु लगाइएको छ। त्यस्तै दूरसञ्चार सेवा र सञ्चार माध्यामलाई पनि निष्क्रिय बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध

वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ । एन्जेला मर्केलको सत्तारुढ

एजेन्सी । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार

आजको प्रमुख समाचार