मेघगर्जनसहित वर्षाको सम्भावना

२२ श्रावण २०७६, बुधबार ०९:०२ मा प्रकाशित

काठमाडौँ, २२ साउन । बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको र बंगालको खाडी नजिकै बनेको न्यूनचापीय क्षेत्रको असरले बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविदले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा साविकको स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशैभर मनसुनी गतिविधि बढेको हो । अहिले मध्य र पूर्वका केही भूभागमा यसैको प्रभाव देखिएको महाशाखाका मौसमविदको भनाइ छ ।

मनसुनी न्यून चापीय रेखा भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीबाट नेपालतर्फ सरेको छ ।

बुधबार दिउँसो पूर्वी र मध्य भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । मध्य र पूर्वी नेपालका केही भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, बुधबार राति देशभर सामान्यतया बदली रहने पश्चिमका केही भूभागका मेघगर्जनसहित वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार