आदिवासी–जनजातिको गोष्ठीमा ब्राह्मणको उछित्तो

२४ श्रावण २०६९, बुधबार ०८:१२ मा प्रकाशित

काठमाडौं, २४ साउन । १८औं विश्व आदिवासी जनजाति दिवसको उपलक्ष्यमा आदिवासी जनजाति पार्टी, नेपालले ‘सम्झौताविहीन जातीय मुक्ति राष्ट्रिय क्रान्तिको भावी कार्यदिशा’विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न पार्टीका नेताहरुले आदिवासी–जनजातिहरु कसरी एक हुने र आगामी कार्यदिशा के हुने भन्ने विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी–जनजाति पार्टीका अध्यक्ष तामाङ बुद्धराज स्याङतानले दुई वर्षभित्र सबै जातजाति, धर्म र संस्कृतिलाई मान्य हुने खालको संविधान निर्माण गरी घोषणा गर्ने जिम्मेवारी पाएका ६०१ सभासद् र ब्राह्मणवादी राज्यसत्ताले सदियौंदेखि दास र अधिकारबाट विमुख भई जिउन बाध्य पारिएका आदिवासी–जनजाति, दलित, लोपोन्मुख, सीमान्तकृत, पीडित जनतालाई अधिकारबाट वञ्चित गराउनकै लागि संविधानसभा विघटन गराएको आरोप लगाए । जातीय मुक्ति नै राष्ट्रिय मुक्ति भएकाले मानव एकताका लागि हिन्दू वर्णाश्रम व्यवस्थाको अन्त्य गरी सम्झौताविहीन जातीय मुक्ति राष्ट्रिय क्रान्तिको आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चाका अध्यक्ष किशोरकुमार विश्वास, पूर्वमन्त्री मणि लामा, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, कपाली समाजका संस्थापक अध्यक्ष डा. कुमारप्रसाद दर्शन, दलित जनजाति महिला संघकी अध्यक्ष कृष्णकुमारी तामाङ, बुद्धिजिवी ध्यानबहादुर मोक्तान, भण्डारी सेवा समाजका अध्यक्ष रघुराज भण्डारी, तमु छोंजाधीका अध्यक्ष कुम्भराज गुरुङ, राष्ट्रिय मुलवासी महासंघका महासचिव चन्डेश्वर दास, संघीय लोकतान्त्रिक पार्टीका महासचिव रविन्द्र थिङ र सममुक्ति पार्टी नेपालका अध्यक्ष ठाकुरचन्द्र गहतराजले ब्राह्मणहरुको थिचोमिचो अझै कायम रहेको आरोप लगाउँदै दलित एवम् आदिवासी–जनजातिको अबको क्रान्ति सम्झौताविहीन हुनुपर्नेविचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

भादगाउँ । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको