सांसदले कुलमानलाई भने, ‘श्री ३ महाराजको फोन किन उठ्दैन ?’

२१ श्रावण २०७६, मंगलवार १५:०३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २१ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एक सांसदले ‘श्री ३ माहाराज’ को संज्ञा दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले घिसिङसहित उर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराजको संज्ञा दिँदै आलोचना गरेका हुन् ।

‘कर्णालीको एक जुम्ला अँध्यारो छ, ३८ सालमा बनेको २०० किलोवाट बिजुली बिग्रेर थन्केको छ’ महतले भने, ‘श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनको फोन पनि उठ्दैन, भेटघाट पनि हुँदैन ।’

‘उहाँहरु कुर्लिनु हुन्छ, इन्डियालाई बत्ती बेच्दै छु भन्छन्, महतले आक्रोशित हुँदै भने, ‘कृपया वत्ती जुम्लालाई बेचिदिनुस्, बिन्ति छ हामीलाई बेचिदिनुस् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा दुई पटक प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौँ ।नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र एमालेका सचिव गोकर्ण विष्टले आगामी

आजको प्रमुख समाचार