कृषि कर्जा ७ दिनमा दिन राष्ट्र बैंकको सर्कुलर

२० श्रावण २०७६, सोमबार १९:१३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० साउन । नेपाल राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थालाई कृषि कर्जा लगानीमा लचकता अपनाउन निर्देशन दिएको छ । मौद्रिक नीतिमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सोमबार सूचना जारी गरेरै १५ लाखसम्मको कृषि ऋण ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

बैंकले ऋण दिन नसक्ने अवस्था आएको खण्डमा दिन नमिल्ने कारण सहित ग्राहकलाई जानकारी दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
अब बैंक तथा वित्तीय संस्थाले कृषि ऋण प्रवाह गर्दा मोटरबाटो नपुगेको क्षेत्रको घरजग्गालाई पनि धितोको रुपमा स्वीकार गर्नुपर्ने र कर्जा दिनु पहिले कुनै पनि प्रकारको शुल्क लिन नपाउने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक