तरकारी र फलफुलमा विषादी प्रयोग गर्न सिमा निर्धारण

२० श्रावण २०७६, सोमबार १८:२८ मा प्रकाशित

काठमाडौँ, २० साउन । नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीमा पहिलोपटक जिवनाशक विषादीको सीमा तोकिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दश प्रकारका फलफूल तथा तरकारीमा एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको हो ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले फलफूलमा स्याउ र केरा तरकारीमा करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादीको अधिकतम प्रयोग सीमा तोकिएको जानकारी दिए ।

राजपत्रमा प्रकाशनका लागि पठाइएको सूचनामा स्याउमा २७ प्रकारका विषादीको अधिकतम प्रयोग सीमा तोकिएको छ । केरामा ४२, करेलामा १, भण्टामा २१, बन्दामा ३६, काउलीमा १३, भिण्डीमा ३, आलुमा ७१, टमाटरमा ७३ तथा चियामा १९ प्रकारका विषादीको अधिकतम प्रयोग सीमा तोकिएको छ ।

विभागका अनुसार यसअघि पिउने पानी, पाउडर दुध र गेडागुडी जस्ता खाद्य वस्तुमा मात्रै एमआरएल तोकिएको थियो । यो नयाँ नियम भने भदौ १५ बाट लागू हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको