जम्मु कास्मिरको अधिकार भारतले खोस्यो

२० श्रावण २०७६, सोमबार १५:५० मा प्रकाशित

दिल्ली, २० साउन । भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेको छ । यो धारा खारेजसँगै जम्मु कास्मिरको स्वायत्तता केन्द्र सरकारले आफ्नो हातमा लिएको छ । सोमबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जम्मु कास्मिरलाई विशेष अधिकार दिने संविधानको धारा ३७० खारेज गरेका हुन् ।

राष्ट्रपतिको यो कदमसँगै जम्मु कास्मिर अब छुट्टै विशेष राज्य नरहने भएको छ । धारा ३७० कै कारण जम्मु कास्मिरको आफ्नै संविधान थियो । तर अब त्यो खारेज भएको छ ।

भारतले प्रशासित साबिक जम्मु कास्मिरलाई छुट्याउँदै दुई भागमा केन्द्र शासित प्रदेश बनाएको छ । अब जम्मु कास्मिर एउटा र लद्दाख अर्को केन्द्र शासित प्रदेश भएका छन् । ती क्षेत्रमा लेफ्निनेन्ट गभर्नरलाई कार्यकारी तोकिने भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिदा कास्मिरको केही भाग भारतको अधिनमा थियो । सोही समयदेखि स्वायत्तताको आधारमा कास्मिर भारतको साथमा रहँदै आएको थियो । सन् १९५४ मा कास्मिरका महाराज हरि सिंह र भारत सरकारबीचको सहमतिपछि राष्ट्रपति राजेन्द्र प्रसादको आदेशमा धारा ३७० मा अनुच्छेद ३५ ए थपिएको थियो । त्यसले जम्मु कस्मिरलाई स्वायत्त राज्यको मान्यता दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध

वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ । एन्जेला मर्केलको सत्तारुढ

एजेन्सी । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार

आजको प्रमुख समाचार