राजेन्द्र महतोको प्रश्न, ‘कृष्ण बहादुर महरा जेल चलान भनेर लेख्दा के हुन्छ ?’

२० श्रावण २०७६, सोमबार १४:४४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० साउन । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले नागरिकता खारेजीको भ्रम छरेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय माग गर्दै बोलेका सांसद महतोले सरकारले नागरिकता खारेजी गरेको जानकारी दिँदा ‘राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरिएको छ’ भनेर जानकारी दिएर भ्रम छरेको दाबी गरेका हुन् ।

सभामुख कृष्ण बहादुर महराकै नाम लिएर उनले कतै सामाजिक सञ्जाल र समाचारमा ‘कृष्ण बहादुर महरा जेल चलान भनेर लेखे के हुन्छ रु’ भनेर प्रश्न गरेका थिए ।

महतोले सभामुखको नाम जोडेपछि नेकपाका सांसदले नियमापत्ति जनाएका थिए । प्रतिकुल शब्द हटाउन नेकपा सांसदले माग गरेपछि सभामुख कृष्ण बहादुर महराले महतोले बोलेका प्रतिकुल शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी