सुनको भाउमा दैनिक नयाँ रेकर्ड, तोलाको ७० हजार नाघ्न सक्ने

२० श्रावण २०७६, सोमबार १३:४० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० साउन । सुनको भाउ इतिहाँसकै महङ्गो भएको छ । सोमबार सुन इतिहाँसमै पहिलोपटक एकैचोटी १५ सय रुपैयाँले बढेको छ । आइतबार तोलाको ६६ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमाबार एक्कासी ६७ हजार ८ सय रुपैयाँ पुग्यो । तेजाबी सुन पनि प्रतितोला ६७ हजार ५ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्य सुनको भाउले दैनिक जसो नयाँ रेकर्ड बनाउने संकेत गर्छन् । अमेरिकासँग इरान र उत्तर कोरियाको आणविक विवादका कारण अन्तराष्ट्रिय बजारमा केही दिनदेखि महङ्गिएको सुनको भाउ नेपाली बजारमा पनि आकाशिएको छ । यसको पछिल्लो कारण भने अमेरिका र चीनबीचको व्यापार युद्ध हो भन्छन् व्यवसायीहरु ।

महासंघका उपाध्यक्ष शाक्य सुनको भाउ प्रतितोला ७० हजार नाघ्ने बताउँछन् । ‘एकैदिन १५ सयले बढ्यो, यो क्रम अझै केही दिन रहन्छ’ उनले भने, ‘सुन यसपाली तोलाको ७० हजार नाघ्न सक्छ ।’

अन्तराष्ट्रिय बजारमा शक्ति राष्ट्रहरुबीच व्यापार युद्ध चुलिएका कारण सुनमा लगानी बढेको छ । व्यापारमा देखिएको असमझदारीका कारण सेयरको मूल्य घट्ने भएकाले अन्तराष्ट्रिय लगानीकर्ताले सुरक्षाका लागि सुनमा लगानी गर्ने गरेका छन् ।

जर्मन सरकारले जारी गरेको ऋणपत्रका कारण पनि सुनमा लगानी बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसले गर्दा पनि सुनको भाउ बढेको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको