वर्षाका कारण मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बग्यो

२० श्रावण २०७६, सोमबार ०९:५८ मा प्रकाशित

बाग्लुङ, २० साउन । अविरल वर्षापछि बाग्लुंङको बडिगाड खोलामा आएको बाढीले तुरतुरे ताल फुटाएको छ । ताल फुटेर पानीको सतह घट्न थालेको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बाढी आउँदा गएराति ताल फुटेर बिस्तारै पानि बग्न थालेको बताए ।

उनले भने ‘ताल एकै पटक फुटेको होइन, फुटेर बिस्तारै पानी बग्दै छ, अहिले पानीको सतह ५० प्रतिशत घटीसकको छ ।’ तालको सतह घट्दै गएको र खोलामा पानि बढ्दै गएकोले तटिय क्षेत्रका स्थानीयलाई सचेत हुन आग्रह गरिएको उनले जानकारी दिए। ताल फुट्दा २ सय मिटर मध्यपहाडी लोकमार्गको सडक बगाएको र यातायात पूर्ण प्रभावित भएको छ ।

बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा अघिल्लो वर्ष पहिरो जाँदा खोला थुनिएर झण्डै डेढ किलोमिटर क्षेत्रमा ताल बनेको थियो। सोहि ताल अहिले फुटेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको