ओलम्पिकमा आखिर रुक्मलाई मान्यता

२४ श्रावण २०६९, बुधबार ०८:०४ मा प्रकाशित

काठमाडौं, २४ साउन । नेपाल ओलम्पिक कमिटीको विवादलाई समाधान गर्न सर्वोच्च अदालतको आदेशलाई अक्षरशः पालना गरेर अगाडि बढ्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । गत साता सर्वोच्च अदालतले २०६७÷१÷२७ को आदेश, फैसला कार्यान्वयन सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेपछि राखेपले यस्तो निर्णय गरेको हो । सर्वोच्चले विगतमा गरेको फैसलाको सम्बन्धमा कुनै जवाफ प्राप्त नभएको र उक्त आदेश कार्यान्वयन भए–नभएकोबारे यथाशीघ्र जानकारी गराउन निर्देशन दिएको छ । साथै यथाशीघ्र सर्वोच्चको आदेशको पालना र कार्यान्वयनसमेत गर्न भनिएको छ ।
स्मरणीय छ, २०६७ मा धु्रवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी कानुनअनुसार दर्ता भएको संस्था नदेखिएको भन्दै सर्वोच्चले उक्त एनओसीलाई अवैधानिक भएको फैसला सुनाएको थियो । त्यसपछि नेपालमा राष्ट्रिय मान्यता प्राप्त रुक्मशमशेर राणा अध्यक्ष रहेको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रधानको दुईवटा एनओसी अस्तित्वमा देखिएका थिए । सर्वोच्चले राणाको एनओसीलाई वैधानिक भएको फैसला सुनाए पनि सर्वोच्चको उक्त आदेश अलिहेसम्म कार्यान्वयन हुन सकेको थिएन ।
सर्वोच्चले आदेशको यथाशीघ्र कार्यान्वयन गर्न राखेपलाई निर्देशन दिएपछि राखेपले ओलम्पिक विवादलाई सदाका लागि समाप्त पार्न कठोर निर्णय लिने बताएको छ । राखेपले ओलम्पिक विवादले मुलुकको बेइज्जत भएको, सम्पूर्ण खेलकुदलाई विवादमा तानेकोले सर्वोच्चको निर्देशनलाई यथाशीघ्र पालना गर्ने जानकारी गराएको गराएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले धु्रवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीको कुनै कानुनी हैसियत नरहेको दाबी गर्दै नेपालमा एउटै एनओसी बनाउन सर्वोच्चको आदेशलाई वैधानिक रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
सदस्यसचिव लामाले ‘म सर्वोच्चको फैसलाको विरुद्धमा गएर जेल जान चाहन्न’ भन्दै यसपटक राखेप जस्तोसुकै रिक्स लिन पनि तयार रहेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी एउटै हुनुपर्छ भन्ने मान्यतामा अडिग लामाले व्यक्तिगत कारणले गर्दा नेपालमा ओलम्पिक मुभमेन्ट नरोकिने पनि प्रस्ट पारे । हामी प्रक्रिया अगाडि बढाउंछौं, त्यसको जानकारी आईओसी र ओसीएलाई पनि दिन्छौं तर उनीहरूसंग सहकार्य गरेर अगाडि बढ्ने कुरा कानुनले नदिने हुंदा हामी बाध्य छैनौं । तसर्थ सर्वोच्चको फैसलाको सम्मान गर्दै सर्वोच्चबाट वैधानिकता प्राप्त एनओसीसंग राखेपले छलफल गरी नियमसङ्गत प्रक्रिया अगाडि बढाउने प्रस्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६