यातायात समितिको पैसा फिर्ता दिँदै सरकार

१९ श्रावण २०७६, आईतवार १९:०२ मा प्रकाशित

काठमाडौँ, १९ साउन । सरकारले विघटित यातायात समितिको बैंक खातामा रहेको पैसा व्यवसायीहरुको कम्पनीमा सार्न दिने निर्णय गरेको छ । यातायात समितिहरुलाई सरकारले २०७५ को चैतपछि कम्पनीमा लैजान बाध्य पारेको थियो । तर रकम समेत उनीहरुलाई दिने भएपछि विगत जस्तै सिण्डिकेट दोहोरिन सक्ने अनुमान गर्न थालिएको छ ।

सरकारले यसअघि समितिहरुको बैंक खाता २०७५ को जेठ १ बाटै रोक्का गरेको थियो । गत जेठसम्म समितिहरुले कम्पनीमा जान अन्तिम म्याद पाएका थिए । मन्त्रिपरिषदले तत्कालीन समितिहरुको खाता कम्पनीमै सार्ने गरी निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार