निर्वाचन आयोगले तोक्यो उप–निर्वाचनको मिति, कहिले हुदैछ चुनाव ?

१९ श्रावण २०७६, आईतवार ०९:५१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ साउन । निर्वाचन आयोगले रिक्त स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको क्षेत्रमा उप–निर्वाचनको मिति तोकेको छ । आयोगले गत साउन १६ गतेको छलफलपछि उपमहानगर पािलका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष र प्रदेश तथा प्रतिनिधि सभा सदस्यको रिक्त स्थानमा मंसिर १४ गते शनिबार चुनाव गर्नेगरि उप निर्वाचनको मिति तोकेको हो ।

आयोगका प्रवक्ता एवम् सहसचिव शंकरप्रसाद खरेलले ३७ जिल्लामा उप–निर्वाचन हुने जानकारी दिए । उनका अनुसार उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरि कुल ५० पदमा निर्वाचन हुँनेछ । खरेलले आयोगले निर्वाचनको कामलाई तीव्रता दिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे