अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु

१९ श्रावण २०७६, आईतवार ०८:४० मा प्रकाशित

टेक्सास, १९ साउन । अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । गोली प्रहारबाट २६ जना घाइते छन् । बीबीसीका अनुसार, घटनास्थल अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो ।

मृतकको पहिचान भएको छैन । तर मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले आफ्ना ३ नागरिकले ज्यान गुमाएको र ६ नागरिक घाइते भएको बताएका छन् । घटनामा संलग्नको आशंकामा प्रहरीले दल्लासका २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको