सिन्हा आगमनको रहश्य बुझ्न नसकेर छटपटिए भट्टराई

२४ श्रावण २०६९, बुधबार ०७:५४ मा प्रकाशित

काठमाडौं, २४ साउन । गत साताको सोमबार नेपाल भ्रमणमा आएका भारतीय नेता यसवन्त सिन्हा स्वदेश फर्किसकेका छन्, तर उनको भ्रमणको रहस्य बुझ्न नसकेर प्रधानमन्त्री डा. बाबुराम भट्टराईमा उत्पन्न भएको छटपटी अझै कायम छ । भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री सिन्हा राष्ट्रपति डा. रामवरण यादवको आमन्त्रणमा नेपाल आएका थिए । सिन्हाले स्वयम् प्रधानमन्त्री भट्टराई, माओवादी अध्यक्ष प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरूसंग भेटवार्ता गरेका थिए । सिन्हासंगको भेटमा प्रधानमन्त्री भट्टराईले आफ्नो असन्तुष्टि जाहेर गर्न नसके पनि सिन्हा स्वदेश फर्किएपछि भने उनले राष्ट्रपतिमाथि आक्रोश पोखे । राष्ट्रपतिले कुनै विदेशी नेतालाई आफूखुसी बोलाएर भेटवार्ता गर्न नपाउने प्रधानमन्त्रीको ठम्याइ छ र आफूसंग सल्लाह नगरी सिन्हालाई बोलाइनु आपत्तिजनक भएको उनको भनाइ छ । साउन १५ गते नेपाल आएका सिन्हालाई राष्ट्रपति डा. रामवरण यादवले शीतलनिवासमा रात्रिभोज दिएका थिए । रात्रिभोजमा काङ्गे्रस नेताहरू विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला, चक्र बास्तोला, प्रदीप गिरी र सुजाता कोइरालालाई पनि सहभागी गराइएको थियो । दिवंगत भारतीय नेता चन्द्रशेखरसंग विगतमा निकट सम्बन्ध रहेको मानिएका पांच नेताहरूलाई रात्रिभोजमा सामेल हुन विशेष निमन्त्रणा प्राप्त भएको बुझिएको छ ।
रात्रिभोजका अवसरमा वर्तमान सरकार र यसका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्य–व्यवहारबारे व्यापक चर्चा भएको थियो । सहभागी नेताहरूले भट्टराईको कार्यकाल छोट्याउन सबैतिरबाट सहयोग हुनुपर्ने धारणा प्रकट गरेका थिए । सो रात्रिभोजमा भएका कुराकानीबारे सुरक्षाकर्मीहरूबाट केही जानकारी मिलेपछि प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रपति डा. रामवरण यादवसंग रिसाएको बुझिएको छ । कामचलाउ प्रधानमन्त्री राष्ट्रपतिसंग रिसाउंदा आफैंलाई बढी क्षति पुग्न सक्ने भएकोले हुनसक्छ– सामान्य असन्तुष्टि प्रकट गरेर प्रधानमन्त्री भट्टराई चुपचाप बसेका छन् । तर, यसवन्तको भ्रमण के कारणले भएको हुनसक्छ भन्ने कुराको जानकारी पाउन नसक्नाले भट्टराई अझै पनि छटपटिएको बताइन्छ । उनले आफूलाई विस्थापित गर्ने षडयन्त्रअन्तर्गत पो सिन्हाको भ्रमण भएको हो कि भन्ने ठानेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका