टि–२० को नयाँ वरियता सार्वजनिक, नेपालको स्थान यथावत

१८ श्रावण २०७६, शनिबार १७:२४ मा प्रकाशित

काठमाडौँ, १८ साउन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले टि–२० को नयाँ वरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाल नेपाल यथावत छ । नयाँ वरियतामा नेपाल अघिल्लो महिना झै ११औं स्थानमा यथावत छ । नेपालले १४ खेलबाट २०१ रेटिङ पाएको छ।

नेपालले गत जुलाईमा मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जितेको थियो । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको पनि एसिया फाइनल खेलेको थियो ।

नयाँ वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड रहेका छन् ।

यस्तै नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा पनि नेपाल १५औं स्थानमा यथावत रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको