लोक सेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रमहरु

१८ श्रावण २०७६, शनिबार १६:४० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १८ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले आन्दोलनको घोषणा गरेका छन् । ‘आरक्षण बचाउ’ नामक आन्दोलन अन्तर्गत साउन ३२ गतेसम्मका कार्यक्रम घोषणा गरिएको हो ।

लोक सेवाको विज्ञापन संघियताको मर्म विपरित, र समानुपातिक समावेशी सिद्धान्तविपरित रहेको भन्दै आन्दोलन भइरहेको छ । विज्ञापन स्थगित नगरेसम्म आन्दोलन जारी रहने विज्ञप्तिमार्फत जनाईएको छ ।

आन्दोलनका कार्यक्रममा पत्रकारसँग भेटघाट, अन्तरक्रिया कार्यक्रम, मुखमा कालोपाटी बाँध्ने, उल्टो हिँड्ने जुलुस, साँस्कृतिक प्रदर्शन, सिहदरवार, मुख्यमन्त्री कार्यालय तथा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मुख्यमन्त्रीको निवास घेराउ, लाठी जुलुससहित मार्च पास लगायत छन् ।

नेपाल आदिवासी जनजाति महासंघको कार्यवाहक अध्यक्ष नवीन रोका, दलित गैसस महासंघका अध्यक्ष भक्त विश्वकर्मा, तराई मधेश राष्ट्रिय परिषद्को अध्यक्ष सरोज राय, मुस्लिमको तर्फबाट सभासद् कौसर शाह, महिलाको तर्फबाट चिनीमाया माझी, राष्ट्रिय अपाङ महासंघ, नेपालको उपाध्यक्ष रमेश लामा, पिछडिएको तर्फबाट ललित बुढागरले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको