कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक

१७ श्रावण २०७६, शुक्रबार १६:२३ मा प्रकाशित

काठमाडौँ, १७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले भदौ २२ र २३ गते परीक्षा हुने जनाएको छ । भदौ २२ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहे सो परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

२ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन भदौ २२ मा सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । २३ गते ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । ग्रेड वृद्धिको परीक्षा दिन चाहाने विद्यार्थीले भदौ ५ गतेसम्म परिक्षा आबेदन भरि सक्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार