सहकारीको ब्याजदर तोकियो, कर्जा र निक्षेपबीचको स्प्रेड रेट ६ प्रतिशत

१७ श्रावण २०७६, शुक्रबार १२:५६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ साउन । सरकारले पहिलो पटक सहकारी संस्थाहरुको ब्याजदर तोकेको छ । ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदरको सिमा तोकेको हो ।

यसअघि कर्जा लगानीमा २५ प्रतिशतसम्म ब्याज लिदै आएका सहकारीले अब कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याजदर तोकिएको छ । सहकारीले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) ६ प्रतिशत हुने भएको छ । सहकारीले कर्जामा महङ्गो ब्याज लिने र निक्षेपमा कम ब्याज दिने भन्ने आलोचना भईरहेका बेला विभागले पहिलो पटक ब्याजदरको सिमा तोकेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक