ट्याक्सी चालकले फीर्ता गरे यात्रुले छाडेको साढे २ लाख रकम

१६ श्रावण २०७६, बिहीबार १६:४९ मा प्रकाशित

रासस, १६ साउन । काठमाडौंमा एक ट्याक्सी चालकले यात्रुको २ लाख ५० हजार रकम फीर्ता गरेका छन् । बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम फिर्ता गरेका हुन् ।

सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा खड्काले ट्याक्सीमा रकम छोडेका थिए । आफ्नो ट्याक्सीमा चढेको यात्रुले रकम छोडेको थाहा पाएपछि चालक आफैं पैसा फिर्ता गर्न ट्राफिक प्रहरी महाशाखा गएका थिए ।

चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले खड्कालाई हस्तान्तरण गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार