नेपाल एयरलाईन्सले पायो जापानको नारितामा उडान अनुमति

१६ श्रावण २०७६, बिहीबार १६:३१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ साउन । नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । जापानको ओशाकामा मात्र अनुमति पाएको नेपाल एयरलाइन्सले नारितामा पनि अनुमति पाएको हो । निगमले आगामी भदौ दोस्रो साताबाट ओशाकामा भने सेड्यल फ्लाईट नै सुरु गर्दैछ ।

यसअघि ओशाकामा मात्रै उडान अनुमति पाएको विषयमा उक्त शहर नेपाली कम बस्ने भन्दै निगमको आलोचना भएको थियो । नेपालीहरुको बाहुल्यता रहेको शहरमा उडान अनुमतिको प्रयास गरिरहेको निगमले नारितामा पनि अनुमति पाएको हो ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार आगामी अक्टोबरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार