कपिलवस्तुमा गोली चल्यो

१६ श्रावण २०७६, बिहीबार १६:०६ मा प्रकाशित

कपिलवस्तु, १६ साउन । कपिलवस्तुमा गोली चलेको छ । जिल्लाको शुद्धोधन गाउँपालिकाका स्थानीय नेता रामनयन यादवमाथि अज्ञात समुहले गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

बिहीबार दिउँसो २ बजे गोली प्रहार भएको प्रदेश ५ प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले जानकारी दिए । पाखुरामा गोली लागेका यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।
पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत बनेका यादव समाजवादी पार्टीका स्थानीय नेता हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको