फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक

१६ श्रावण २०७६, बिहीबार १५:५७ मा प्रकाशित

फ्रान्स, १६ साउन । फिफा वर्ष खेलाडीको मनोनयनमा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै खेलाडी परेका छन् । फिफाले वर्षैपिच्छे वितरण गर्ने यो अवार्डमा गत वर्षका विजेता क्रोएशियाका लुका मोड्रिच यसवर्ष परेनन् । उत्तिकै दाबेदार मानिएका ब्राजिलका नेयमार पनि अटाएनन् ।

लिभरपुलका तीन जना खेलाडी मनोनयनमा परेका छन् । डच डिफेन्डर भर्जिल म्यान डाइक, सेनेगलका फरवार्ड साडियो माने र इजिप्टका फरवार्ड मोहमद सलाह पर्न सफल भएका छन् । टोटनह्यामका इंग्लिस फरवार्ड ह्यारी केन पनि मनोनयनमा छन् ।

नेदरल्याण्ड्सका माथियास डि लाइट र फ्रेङ्की डि जोङ मनोनयनमा छन् । फ्रान्सका केलियन एमबाप्पे र बेल्जियमका इडिन हाजार्ड पनि अन्तिम १० को सूचीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाण्डाैं ।जर्मन क्लब बायर्न म्युनिखका ३३ वर्षीय फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । सन् २०२०/२१ को

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग खेल्न

काठमाडौँ ।पीएसजीका फरवार्ड लियोनल मेसीले फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेसीको बायाँ घुँडामा चोट देखिएकोले

काठमाडौं । दुई शिर्ष इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले लिग कप अन्तर्गत मंगलबार भएको खेलमा सहज जित हासिल गरेका