सरकार विरुद्ध व्यवसायीद्धारा हड्तालको चेतावनी

१६ श्रावण २०७६, बिहीबार १३:२० मा प्रकाशित

काठमाडौँ, १६ साउन । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको कर सम्बन्धि व्यवस्थामा लचिलो नबने देशब्यापी हड्ताल गर्ने चेतावनी दिएको छ । सरकारले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको उक्त प्रावधान लागू गर्ने सम्बन्धमा सरकार थप लचिलो भएर प्रस्तुत नभए देशब्यापी हड्ताल गर्ने चेतावनी दिएको हो ।

बुधबार बसेको महासंघको बैठकमा सरकार विरुद्ध हड्ताल गर्नुपर्ने सुझाव आएपछि महासंघले पनि सोही मनस्थिती बनाएको हो ।

ढुवानी व्यवसायमा भ्याट, पारिश्रमिकका लागि अनिवार्य प्यान र भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम कार्यान्वयन गर्न गृहकार्य नपुगेको निष्कर्ष महासंघको छ । तत्काल यी प्रावधान कार्यान्वयन गर्दा आउने जटिलताको अध्ययन गर्न गठित कार्यदलको बैठकमा सरकारी प्रतिनिधी र निजी क्षेत्रले आफ्ना अडान छाडेका छैनन् ।

महासंघले पारिश्रमिकमा प्यान अनिवार्य गर्दा १० हजारभन्दा माथि हुनुपर्ने, उद्योग र भन्सार परिसरबाट निस्किएका मालवस्तुमा मात्र भीसीटीएस लागु गर्नुपर्ने, खरिद बिलमा १० हजारभन्दा माथिको भए मात्र प्यान बिल अनिवार्य हुनुपर्ने अडान राख्ने भएको छ ।

सरकारी र नीजि क्षेत्रको प्रतिनिधित्व सम्मिलित कार्यदलको बैठक मंगलबार बस्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक