काठमाण्डौ भ्यू टावरका ठेकदार सहित ४ जना बिरुद्द मुद्दा दायर

१६ श्रावण २०७६, बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौँ, १६ साउन । राजश्व अनुसन्धान विभागले हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा चारजना विरुद्ध आज मुद्दा दायर गरेको छ । सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत गरी चारजना विरुद्ध करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

प्रतिवादी मध्येकी निशा गुरुङले सिङ्गापुरमा रहेका साथी र अन्य व्यक्तिसँग काठमाडौँमा भ्यूटावर निर्माणमा लगानी गर्ने भनी रकम सङ्कलन गरी बैंकिङ्ग प्रक्रियाभन्दा बाहिरबाट राष्ट्र बैंकको अनुमति नलिइ हुण्डिमर्फत रकम ल्याएको अनुसन्धानबाट खुलेको उनले बताए।

प्रतिवादीमध्येका राजकुमार विष्ट र उनका भाइ शिवको सहयोगमा उक्त कम्पनीका सञ्चालक भेटवालसँग मिलेमतो गरी रकम प्रयोग र वितरण गरेको आरोप उनीहरुमाथि छ ।

अनुसन्धानमा रकम बरामद भएका व्यक्ति राजकुमार गुरुङ अभिताव मल्टी प्रपोज प्रालिका कर्मचारी भएको खुल्न आएको छ । उनीहरुले उक्त कम्पनीबाट कुनैपनि कारोबार नभएको भनी आन्तरिक राजश्व कार्यालयमा शून्य विवरण पेश गरेको देखिए पनि उक्त कम्पनीले बारम्बार ठूलो रकम राख्ने र निकाल्ने गरेकोसमेत खुल्न आएको जनाइएको छ ।

उनीहरुले कारोवार गरेको रकम के वापतको हो भनी स्पष्ट पार्न नसकेकाले विदेशी विनिमय ९नियमित गर्ने० ऐन र विप्रेषण नियमावली २०६५ विपरीतकार्य गरेको विभागले ठहर गरेको छ । उनीहरुबाट नगद रु २६ लाख १५ हजार र रु ३४ लाखको तीन थान चेक तथा सिङ्गापुरबाट गैरकानूनी रुपमा भित्र्याइएको रकम, विभिन्न स्थानबाट बरामद १०४ थान भौचरमा उल्लेखित रकम रु चार करोड २७ हजारको रु चार करोड ६० लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको महानिर्देशक मैनालीले जानकारी दिए ।

विभागले राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटवाल र निशा गुरुङलाई विदेशी विनिमय ९नियमित गर्ने० ऐन बमोजिम विगोको तीन गुणा रकम असूल गरी ऐन बमोजिम तीन वर्ष कैद सजाय माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार