योगेशलाई गगनले भने, ‘बधाई छ दाई !’

१५ श्रावण २०७६, बुधबार १७:४१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त भएका योगेश भट्टराईलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले बधाइ दिएका छन् । भट्टराईले मन्त्रीको सपथग्रहण गरेलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले मन्त्री भट्टराईलाई बधाइ दिएका हुन् ।

थापाले मन्त्री भट्टराईको सफलतासँग युवा पुस्ताको आशा र विश्वास जोडिएको उल्लेख गरेका छन् । ‘योगेश भट्टराई दाइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईंको सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरी मुरी शुभकामना’ थापाले फेसबुकमा लेखेका छन् ।

यस्तो छ गगनको स्टाटसः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार