नोटरी पब्लिकद्वारा विश्व भाषाविरुद्ध सर्वोच्चमा उजुरी

२४ श्रावण २०६९, बुधबार ०६:५३ मा प्रकाशित

काठमाडौं, २४ साउन । नेपाल नोटरी पब्लिक एसोसिएसनले विश्वभाषा क्याम्पसविरुद्ध उजुरी दिएको छ । नेपाल रोटरी पब्लिक परिषद् र महान्यायाधिवक्तासमक्ष दिइएको उक्त उजुरीमा विश्वभाषा क्याम्पसका क्याम्पसप्रमुखलगायतका दोषीलाई कारबाहीका लागि माग गरिएको छ । ०६३ सालदेखि नोटरी पब्लिकहरूले नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा र अङ्ग्रेजीबाट नेपालीमा आधिकारिक रूपमा अनुवादकको काम गर्दै आएकोमा अहिले यो कार्यलाई परराष्ट्र मन्त्रालयले अनेक झमेला खडा गरेर विवाद चर्किरहेको बेला यो नयां मुद्दाले ठाउं पाएको हो ।
परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक नियोगहरूको मागबमोजिम नोटरी पब्लिकहरूले गरेको अनुवादलाई पुनः प्रमाणीकरण नगरी असहयोग गरेको, नोटरी पब्लिकले अनुवाद गरिरहेको कुरा कूटनीतिक नियोगहरूलाई जानकारी नदिएर सर्वसाधारणलाई असहयोग गरेको र परराष्ट्र मन्त्रालयका कारण यस सम्बन्धमा जनताले दुःख पाएको उल्लेख गर्दै एसोसिएसनले परराष्ट्रका सचिव तथा अन्य कर्मचारीमाथि कारबाहीको माग पनि गरेको छ । नेपाल नोटरी पब्लिक एसोसिएसनका अध्यक्ष वसन्त बस्नेतद्वारा जारी पत्रमा विश्वभाषा क्याम्पसले अनुवाद गर्ने कुरा गैरकानुनी भएको उल्लेख छ ।
पत्रमा भनिएको छ– पब्लिक ऐन २०६३ ले परीक्षा उत्तीर्ण गरेको नोटरी पब्लिकलाई मात्र अनुवाद गर्न अनुमति दिएको सन्दर्भमा विश्व भाषाले कुन ऐनले दिएको अधिकार प्रयोग गरेको हो त्यसको स्पष्टीकरण दिइयोस् । ऐनको दफा ३३ (१) बमोजिम प्रमाणपत्र नलिई नोटरी पब्लिकको काम गरेमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद वा एक लाख पचास हजार रुपैयांसम्म जरिवाना वा दुवै सजाय हुने भएकाले क्याम्पसप्रमुख वामदेव अधिकारीलगायत अनुवादमा संलग्न क्याम्पसका अन्य व्यक्तिहरूलाई सोही व्यवस्थाअनुरूप तत्काल सजाय गरिपाऊं । पत्रको बोधार्थ नेपाल बार एसोसिएसन तथा अन्य सम्बन्धित मन्त्रालयका सचिवहरूलाई दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार