हामीले ५७ दिन संसद चल्न नदिएर गरेको गल्ती अब कसैले नगरौँः नेम्वाङ

१५ श्रावण २०७६, बुधबार १३:२२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ साउन । पूर्वसभामुख सुवास चन्द्र नेम्बाङले संसदमा नेपाली काङ्ग्रेस सहितका प्रतिपक्षी दलको अवरोध नियमविपरित रहेको बताएका छन् । २०५८ सालमा आफूहरुले ५७ दिनसम्म संसद अवरुद्ध गरेको स्मरण गर्दै उनले भने, ‘हामीले २०५८ सालमा ५७ दिन अवरोध गरेका थियौँ । त्यो बेठीक र नियमविपरित थियो, अहिले पनि कांग्रेसले संसदीय प्रणाली विपरित माग राख्नै अवरोध गरिरहेको छ । फेरि अर्को गल्ती कसैले नगरौँ ।’

आफूहरुले संसद अवरोध गर्दा काङ्ग्रेसले कम्युनिष्टको विश्वास छैन भनेको स्मरण गर्दै उनले ‘उहाँहरुले भनेको सम्झिरहेको छु, अर्को पटक पनि सरकारमा आउने होला भनेको सम्झिरहेको छु ।’

‘राज्य व्यवस्था समितिले टुंगो लगाईसकेको सर्लाही घटनालाई लिएर संसदमा चर्काचर्की गर्नु गलत भएको उनको टिप्पणी छ । ‘तल सबै दलहरुले सहमतिमा टुंग्याएको विषयलाई फेरि उचालेर संसदीय समिति गठनको नारा दिनु कति जायज हो ?’ नेम्वाङले प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको